नेपाल विद्यार्थी संघ (स्ववियु) परिषद्को राष्ट्रिय अधिवेशनबाट झापाका युवा विद्यार्थी नेता किरण गुरुङ केन्द्रीय उप–सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

बिर्तामोडस्थित कनकाई कलेजमा दुई कार्यकाल स्ववियु सभापतिबाट नेतृत्व सम्हालेका गुरुङ लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। निरन्तर अभ्यास, संगठनात्मक कौशल र युवाबीचको लोकप्रियताका कारण उनी पूर्वी नेपालको उदाउँदो विद्यार्थी नेतामा गनिन थालेका छन्।

विद्यार्थी अधिकार, शिक्षामा सुधार र नेतृत्व विकासका मुद्दामा सक्रिय गुरुङ निर्विरोध विजयी भएपछि स्ववियु परिषद्को नयाँ नेतृत्वप्रति विद्यार्थीहरूमा थप उत्साह र अपेक्षा बढेको जनाएको छ।
यसैगरी, कोशी प्रदेश सभापतिमा पनि झापाकै युवा विद्यार्थी विशाल थापा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। २०८२ को स्ववियु परिषद् निर्वाचनमा झापा जिल्ला प्रतिनिधित्व गर्दै कनकाई क्याम्पसका अध्यक्ष किरण गुरुङ केन्द्रीय उप–सभापतिमा र शनिश्चरे क्याम्पसका अध्यक्ष विशाल थापा प्रदेश सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।