Advertisement

बिर्तामोड झापा / रमाइलो डाँडा जल उपभोक्ता समितिको आयोजनामा हल्दिबारी गाउँपालिका वडा नम्बर १ गोलधापमा २०८१ साल साउन ११ गते डिप बोरिङ परियोजना उदघाटन कार्यक्रम सम्पन्न भएको छ।

उदघाटन कार्यक्रममा हल्दिबारी गाउपालिका प्रमुख रबिन्द्र लिङ्देन र  स्थानिय बासिन्दा, जनप्रतिनिधिहरू, र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो परियोजना गोलधाप क्षेत्रका कृषकहरूको सिंचाई समस्या समाधान गर्न तथा पानीको आपूर्तिलाई सुधार गर्नका लागि महत्वपूर्ण कदम मानिएको छ। उदघाटन समारोहमा वक्ताहरूले परियोजनाको महत्त्व र यसले स्थानिय अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभावको बारेमा चर्चा गरे।

कार्यक्रमको दौरान, जल स्रोतको संरक्षण र व्यवस्थापनमा स्थानिय समुदायको सहभागिताको आवश्यक्तामा पनि जोड दिइएको थियो। यस परियोजनाले गोलधाप क्षेत्रका कृषकहरूलाई विशेष गरी सुक्खा मौसममा पानीको अभावबाट राहत दिने अपेक्षा गरिएको छ।

Advertisement