मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् । अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन् । श्री श्रेष्ठको द्वन्द्, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहेको छ ।
नेपालको काठमाण्डो, बिरगञ्ज र भारतको राजस्तानमा छायांकन गरिएको फिल्मको नेपाली, हिन्दी र भोजपुरी भाषामा अनुवाद भएर प्रदर्शनमा आएको बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बुधबार देशका ७० सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्रले नेपाल र भारतमा दर्शकके साथ पाउने अपेक्षा निर्माण पक्षको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्