झापा, माघ २ — झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। मे १ ख २५४५ नम्बरको नागरिक बस काकडभिट्टाबाट धरानतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको हो।

घटनामा घाइते भएकामध्ये केहीलाई टाउको, ढाड र हातमा चोट लागेको छ भने सबैको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी B&C अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बसका चालक झापाको मेचिनगर नगरपालिका–१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा मोरङको बिराटनगर- ३ बस्ने गुणा कोईराला, दिपा निरौला, म्यारी निरौला-सामान्य, निर्मला निरौला, शर्मिला कोईराला घाइते भएका छन् ।

यसैगरी शिवसताक्षी-८ झिलझिले बस्ने टंक शिवाकोटी, आन्सा फ्यादेन, सुमना लिम्बु , बिर्तामोड-६ बस्ने पुस्पलाल अधिकारी, चन्द्रकाला अधिकारी  र कमल-६ बस्ने शान्तिराम खतिवडा घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि बिर्तामोड पठाईएको छ । बसका चालक मेचीनगर-१० धुलाबारी टिका मेचे इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भएपछि पल्टिएको हुनसक्ने आशंका गरिएको छ।