Advertisement

नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान आफ्नै बुबा ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन्

आफ्नै घरअगाडि रहेको नालीनजिक बसेका बाबुमाथि छोराले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  शव अहिले घटनास्थलमै छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।