टिकाराम बास्तोला / हल्दिबारी गाउँपालिका वडा नं.४ जलथल बडाबारीमा श्रीमद्भागवत महापुराण हुनेभएको छ।

श्री पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकिय बिकास क्षेत्रमा श्रीमद्भागवत महापुराण तथा १८ पुराण अन्तर्गत भविष्य पुराण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको बताईएको छ।

समितिले असोज १३ गतेबाट २६ गतेसम्म मन्दिर परिसरमा १३ दिवसीय श्रीमद्भागवत महापुराणको आयोजना गर्ने भएको हो।

महापुराणमा  कथा वाचक युवा पण्डित श्री सुदिप कौशिक (ढुङ्गाना) को मुखाराविन्दबाट अमृतमय वाणी र उपवाचक युबा पण्डित श्री बिकास निरौला (हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका वडा नं.४ जलथल बडाबारीमा भारद्वाज) बाट दैनिक पाठपारायण साथै कलाकारहरुबाट संगितमय भजन किर्तन गरिने समितिले बताएको छ l

सोर्‍ह श्राद्द्को पावन अवसरमा  सम्पूर्ण ज्ञात अज्ञात पितृहरुको मोक्षको कामना गर्दै श्रीमद्भागवत महापुराण आयोजना गरेको समितिले जनाएको छ l

कलश यात्रा :- मिति २०८०/०६/१३ गते ( बिहान १०:३० बजे) मिति २०८०/०६/१४ देखि २५ गते सम्म :- # बिहान ७:३० देखि ८:३० सम्म दैनिक मण्डप पुजा ।

बिहान ८:३० देखि १०:३० सम्म पाठपारायण,बिहान १०:३० देखि दिउँसो २:०० बजे सम्म संगितमय कथा बाचन ! बेलुकी ७:०० बजे देखि ९:३० बजे सम्म महात्मे, धार्मिक ,प्रवचन, भजन किर्तन साथै ज्ञानमन्च ।२०८०/०६/२५ गते  साँझ ६:३० बजे लक्ष्यवर्ती प्रज्वलन,२०८०/०६/२६ गते पूर्णआहुती, तिलक पाती प्रसाद बितरण तथा समापन समारोह हुने पुराण आयोजक समितिले बताएको छ ।