प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार चयन हुने भएका छन् ।सर्वसम्मत नेतृत्व चयन गर्न गठित कार्यदलले अध्यक्षमा इजलास दैनिकका सम्पादक परियारको नाम टुंग्याएको हो ।
त्यस्तै उपाध्यक्षमा राजु पोखरेल , महिला उपाध्यक्षमा सुनिरा मैनाली र सचिवमा प्रकाश पौडेललाई चयन गर्ने निर्णय गरिएको कार्यदलका सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार अन्य पदका लागि सहमति जुटाउन बाँकी रहेको छ । प्रेस चौतारीको सर्वसम्मत नेतृत्व चयन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको थियो ।
प्रेस चौतारीको १० औं अधिवेशन आज बिर्तामोडमा हुने भएको छ । सो अधिवेशनबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । अधिवेशन उद्घाटन गर्न प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत आउने भएका छन् । अधिवेशनले १५ देखि १९ जनासम्मको समिति निर्माण गर्ने जनाइएको छ । प्रेस चौतारी झापामा १२२ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्