घरेलु कामदार बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका बिर्तामोड नगरका पूर्व प्रमुख ध्रुव शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीबार २० लाख धरौटी लिएर शिवाकोटीलाई छोड्नका लागि आदेश दिएको हो ।

यसअघि झापा जिल्ला अदालतले शिवाकोटीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यस विरुद्ध अपिल गर्दै शिवाकोटी उच्च अदालत गएका थिए ।

झापा जिल्ला अदालत स्रोतले उच्च अदालतले शिवाकोटीसँग २० लाख धरौटी लिएर तारिखमा छोड्न आदेश दिएको पुष्टि गरेको छ ।