झापाको बिर्तामोड–५, शनिश्चरे रोडमा नेपालमै पहिलो पटक ‘आइटिईएल होम’को सेवा सुरु भएको छ। बिर्तामोडको न्यू जुनतारा सप्लायर्स मार्फत आइटिईएलले आफ्नो सेवा विस्तार गरेको हो।

करिब दुई करोड रुपैयाँको लगानीमा युवा व्यवसायी ऋषि भण्डारीले सञ्चालनमा ल्याएका न्यू जुनतारा सप्लायर्सले आइटिईएलका सम्पूर्ण मोबाइल फोन, होम एप्लायन्स, स्मार्ट वाचलगायतका सामग्री बिक्री–वितरण गर्ने जनाएको छ।

महालक्ष्मी प्रालिका सिइओ सन्तोष भण्डारीका अनुसार आइटिईएलका सामग्री विश्वका ६० भन्दा बढी देशमा उपलब्ध छन्। नेपालमा भने पहिलोपटक बिर्तामोडस्थित न्यू जुनतारा सप्लायर्समार्फत बिक्री वितरण सुरु भएको हो।

उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले प्रमुख अतिथिका रुपमा सहभागिता जनाउँदै व्यवसायिक सफलताको शुभकामना दिइन्। उनले बिर्तामोडमा नयाँ–नयाँ पसलमार्फत विश्वका जुनसुकै स्थानका सामग्री सहजै उपलब्ध हुने भएको बताइन्।

महालक्ष्मी प्रालिका सिइओ सन्तोष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायण चिमरियालगायतले पनि शुभकामना दिएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, मोबाइल एशोसिएसन बिर्तामोडका वरिष्ठ उपाध्यक्ष सुप्रित खनाल, महासचिव संजय साहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण मोबाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाले गरेका थिए।