Advertisement

झापा, २०८१ भदौ १५ — झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५, हिकोला मोडमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटना आज साँझ ५ बजे भएको हो। बिर्तामोड बसपार्कबाट पश्चिम बस स्टेण्डतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्र१-०२-००२ ख ००३५) ले बाटो क्रस गर्दै गरेको मोटरसाइकल (प्र१-०१-०१३ प ५७००) लाई ठक्कर दिएको थियो।

दुर्घटनामा इलाम जिल्ला, माई नगरपालिका वडा नम्बर ४, गैरीगाउँ निवासी ३६ वर्षीय ठिर प्रसाद सुवेदी र ३० वर्षीया तुलसा पाँचकोटी घाइते भएका थिए। घाइतेहरुलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा तुलसा पाँचकोटीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सुवेदीलाई सामान्य चोट लागेको छ।

दुर्घटनापछि बस र बस चालक २९ वर्षीय हिमाल बि.क., जो झापा जिल्ला, कन्काई नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन्,लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन्।

Advertisement