Advertisement

टीकाराम बास्तोला

बिर्तामोड झापा / साउनको पहिलो सोमबारको अवसरमा अर्जुनधारा जलेश्वर धाममा भक्तजनहरूको भीडभाड देखिएको छ। धाम समितिले शीघ्र दर्शनको सुविधा प्रदान गर्ने भन्दै रु. ५०० को टिकट व्यवस्था गरेको छ। यो व्यवस्था गरेपछि कतिपय भक्तजनहरू खुशी भए पनि धेरैले भने असन्तोष व्यक्त गरेका छन्।

भक्तजनहरूको अनुसार, धार्मिक स्थलमा यस प्रकारको शुल्क लिने प्रचलन उचित नभएको बताएका छन्। कतिपयले त यसलाई व्यापारिकरणको संज्ञा दिएका छन्। भक्तजनहरूको विचारमा सबैलाई समानरूपमा दर्शनको सुविधा मिल्नुपर्ने हो तर यो व्यवस्था विपरीत भएको छ।

समितिका सदस्यहरू भक्तजनलाई शीघ्र दर्शन गराउने क्रममा निकै ब्यस्त छन् भने धाम क्षेत्रमा व्यापार पनि फस्टाएको देखिन्छ। भक्तजनहरूको भिडसँगै विभिन्न धार्मिक सामग्री, फूलमाला, प्रसाद तथा अन्य सामानहरूको व्यापार पनि चलेको छ। जुन विगत मा पनि हुँदै आएको थियो ! 

Advertisement

साउन महिना विशेषगरी शिवको पूजा आराधनाका लागि महत्त्वपूर्ण मानिन्छ। विशेषगरी सोमबारका दिनहरूमा शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। अर्जुनधारा जलेश्वर धाममा पनि यस दिनको विशेष महत्त्व छ, जसले गर्दा भक्तजनहरू टाढा टाढाबाट यहाँ दर्शन गर्न आउँछन्। 

धाम समितिले पनि भक्तजनहरूको सुविधाका लागि विभिन्न व्यवस्थाहरू मिलाएको छ।यस विषयमा धाम समितिले भने, भिडभाड कम गर्न र व्यवस्थापनलाई सुचारु राख्नका लागि यस्तो व्यवस्था गरिएको हो। समितिका अनुसार यो टिकट प्रणालीले भक्तजनहरूको सुविधालाई ध्यानमा राखेर शीघ्र दर्शनको अवसर प्रदान गर्दछ। 

Advertisement

तर, भक्तजनहरूको असन्तोष र गुनासोलाई ध्यानमा राख्दै, समितिले भविष्यमा यस प्रकारको व्यवस्थामा परिवर्तन गर्ने सम्भावनाको विषयमा छलफल गर्नु पर्न देखिन्छ !