Advertisement

झापा/ हल्दिबारी गाउँपालिका वडा नम्बर २ र ४ को सिमानामास्थित काजली बजारमा निर्माण सम्पन्न भएको श्री श्री १००८ बाबा गणिनाथ मन्दिर तथा धर्मशालाको उद्घाटन भएको छ । पूर्व उपप्रधान तथा जलस्रोत उर्जामन्त्री तथा कार्यक्रममका प्रमुख अतिथि राजेन्द्र लिङ्देनले बिहीवार (आज) मन्दिर तथा धर्मशालाको उद्घाटन गरेका हुन् ।

श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समितिद्धारा निर्मित मन्दिर तथा धर्मशालाको एक कार्यक्रमकाबिच उद्घाटन भएको छ । श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समितिका अध्यक्ष नितेश शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युवा समिति सदस्य खुसी शाहले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, प्रदेश सभा सदस्य छबिलाल चुडाल, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए । सञ्चालन समितिका सचिब पंकज शाह र युवा समितिका अध्यक्ष राजकिशोर शाहले संयुक्त रुपमा गरेका थिए । सोही कार्यक्रमका बिच सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो । सांस्कृतिक कार्यक्रममा आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडका बिद्यार्थीहरु र युवा समितिका सदस्यहरुले सहभागीता जनाएका थिए ।

७५ लाख १३ हजार ९६८ रुपैयाँको लागतमा निर्माण भएको मन्दिर तथा धर्मशालालाई हल्दिबारी गाउँपालिका, हल्दिबारी ३ र ४ नम्बर वडा कार्यालयबाट ६ लाख ८९ हजार ३१०, प्रदेश सरकारबाट २२ लाख ६९ हजार ११४ रुपैयाँ र स्थानीय दाताहरुबाट संकलित २५ लाख ३२ हजार ५०५ रुपैयाँ संकलन भएको समितिका अध्यक्ष शाहले जानकारी दिए । अध्यक्ष शाहका अनुसार २० लाख २३ हजार ३९ रुपैयाँ ऋण तथा सापटी मार्फत निर्माण सम्पन्न भएको हो ।

Advertisement

मन्दिरका लागि शिला पत्थरद्धारा निर्मित मूर्ति गणिनाथ खेमासती र गोबिन्दजीको भद्रपुरका स्व. रामचन्द्र गुप्ता र कौशल्यादेबी गुप्ताको स्मृतिमा उनका छोराहरुले प्रदान गरेका हुन् । रामसीताको मुर्ति भद्रपुर अन्जानीमोडका दीपक शाह, लक्ष्मणको मुर्ति हल्दिबारी–१ चक्लाका बैद्यनाथ शाह, हनुमानको मूर्ति नेपाल मधेशी समावेशी सेवा समिति बिर्ताबजार, गणेशको मूर्ति हल्दिबारी–२ का सच्चिन शाह, र राधाकृष्णको मूर्ति बिर्तामोडका राजकुमार गुप्ताले प्रदान गरेको जनाइएको छ ।

त्यस्तै मन्दिर निमाणार्थ डेढ कठ्ठा जग्गा संयुक्त रुपमा उदय, उमेश, रामु, शाहले आफ्ना मातापिताको स्मृतिमा निःशुल्क प्रदान गरेका अध्यक्ष शाहले जानकारी दिए ।

Advertisement

हल्दिबारीको काजली बजारमा २०७८ बैशाख १३ गते शिलान्यास भएर निर्माण शुरू भएको बाबा गणिनाथ मन्दिर उद्घाटनका अवसरमा समितिले धार्मिक तथा सांस्कृतिसहित बिभिन्न सामाजिक कार्य आयोजना गरिएको अध्यक्ष शाहले जानकारी दिए । भोली शुक्रबार रक्तदान, शनिवार गणिनाथ पूजनोत्सव हुने बताइएको छ ।