झापा / हल्दिबारीमा योगदान रास्ट्रको लागि कार्य समिति गठन गरिएको छ । हल्दिबारीको पाथिभरा सामुदायिक भवनमा  भएको एक भेलाले ‘प्राथमिक उपचार हाम्रो सरोकार’भन्ने मुल नारा सहित योगदान रास्ट्रको लागि गाउ समिति गठन गरेको हो ।

भेलाले पंकज शाहको अध्यक्षतामा ११  सदस्यीय योगदान रास्ट्रको लागि हल्दिबारी समिति गठन गरेको छ ।

नेपालमा प्राथमिक उपचार सम्बन्धि ज्ञान, देशमा आइपर्ने बाढी पहिरो, माहामारी दुर्घटना तथा आपतकालिन अवस्थामा जनशक्तिको विकास गरेर स्वतन्त्र स्वयंसेवक खडा गरि समृद्ध समाज निर्माणलाई टेवा दिन सामाजिक संस्था गठन गरिएको जनाइएको छ ।

कार्यक्रम योगदान रास्ट्रको लागि झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रौलाको   अध्यक्षता तथा हल्दिबारी चार का वडा अध्यक्ष सन्त कुमार थापाको  प्रमुख आतिथ्यता मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ! सस्थाका जिल्ला सदस्य राजेश आचार्यको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सस्थाका जिल्ला सदस्य स्याम अधिकारिले गरेका थिए !