Advertisement

झापा / हल्दिबारी गाउँपालिकाले सडक संरचनामा क्षेती पुर्याउनेलाई कारबाही गर्ने भएको छ।

हल्दिबारी गाउँपालिकाको कार्यालयले पौष २४ गते एक सूचना जारी गर्दै सडक संरचनामा क्षेती पुर्याउने जो कोहि लाई कारबाही गर्ने बताएको छ।

उक्त जारी सूचनामा हल्दिबारी गाउँपालिकाका क्षेत्र भित्र निर्माणधिन तथा निर्माण सप्पन्न भएका कालोपत्रे सडक तथा ग्राभेल गरिएका सडकहरुको विभिन्न स्थानमा ब्यक्तिगत रूपमा निर्माण सामाग्री थुपारिका सडकसम्म पुग्ने गरि गाई बस्तु वाँधिएको, ट्याक्टरको हलोले सडक कोरिएको, सडक बाट खेतिबारीमा ट्याक्टर लैजाँदा तथा निकाल्दा सडकमा क्षेतीभएको जस्ता कार्य भएको पाईएको हुनाले अब तेस्ता कार्य गर्ने लाई कार्वाही गर्ने हल्दिबारी गाउँपालिकाला निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले बताउनु भएको छ।

सडक संरचनाको प्रयोग र सुरक्षा सबैको चासोको विषय हो र यसको संरक्षण गर्नु सबैको दायित्व हो। कुनै पनि कारणले सडक संरचना भत्किने, अवरोध गर्ने जस्ता अन्य कुनै कार्य नगर्न नगराउनु भन्दै पालिकाले सूचना सार्वजनिक गरेको छ।

Advertisement

पालिकाले कोहि कसैबाट सडकमा निर्माण सामाग्री थुपार्ने ,गाई बस्तु बाँध्ने वा सडक संरचना भत्काउने जस्ता कार्य गरेको पाइएमा सम्बन्धित ब्यक्ती / सस्था उपर नियमअनुसार कार्बाही गर्ने सम्मेत जनाएको छ।

Advertisement