Advertisement

हल्दिबारी / झापाको हल्दिबारी गाउपालिका वडा नम्बर चारमा बाल मैन्त्री स्थानीय शासन समन्धी एक दिवसीय अभिमुखीकरण  सम्पन्न भएको छ !

वडा अध्यक्ष सन्त कुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आतिथ्यता हल्दिबारी गाउपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेन,विशिष्ट आतिथ्यता लक्ष्मी देवी मैनाली , बाल अधिकारकर्मी सुमन ढकाल ,अथितिहरुमा क्रमशः वडा सदस्यहरु, ,विभिन्न विद्यालयका प्रतिनिधिहरु, बाल क्लवका प्रतिनिधिहरु,सुरक्षाकर्मीहरु,टोल समितिका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु को रहेको कार्यक्रममा विभिन्न सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो !

कार्यक्रममा बोल्दै प्रमुख अथिति लिङदेनले हल्दिबारी गाउपालिका भित्र का वडा मध्ये पहिलो बाल मैन्त्री वडा घोषणा जसले गर्छ उक्त वडा लाई अरु वडा भन्दा १० लाख पालिकाको तर्फ बाट बजेट मा थप गर्ने भन्दै चार नम्बर वडा लाई शुभकामना सम्मेत दिनु भएको थियो !

नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री निर्माणका लागी ५१ सुचक पुरा गर्नुपर्ने कार्यविधि तयार गरि कामहरु गरिराखेको छ ।

Advertisement

कार्यक्रममा जनप्रतिनिधि,विद्यालय का प्रतिनिधि,समाजसेवी,सुरक्षा कर्मी र बालबालिकाहरु सहित करिब ३० भन्दा बढीको सहभागिता रहेको थियो ।

बाल मैन्त्री स्थानीय शासन समन्धी अभिमुखीकरण तालिम  बाल अधिकारकर्मी सुमन ढकालले दिनु भएको थियो ! वडा सदस्य सुनिल बाह्र्कोटिले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव जय प्रसाद पोख्रेलले गर्नु भएको थियो !

Advertisement