राजेश आचार्य , झापा ।

झापाका दुई पालिकाका कृयाशिल पत्रकारहरुको भेलाले “हल्दिबारी-बाह्रदशी प्रेस क्लब” गठन गरेको छ।

हल्दिबारी प्रेस क्लबको आयोजनामा हल्दिबारी गाउँपालिका वडा नम्बर २ मा रहेको भेलागढी लोकतान्त्रिक पार्कमा भएको सयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विघटन गर्दै दुबै पालिकाका पत्रकारहरुको छाता संगठन रूपमा “हल्दिबारी-बाह्रदशी प्रेस क्लब” गठन गरिएको क्लबका महासचिव हैकम घिसिङले जानकारी दिए।

पत्रकारहरूको भेलाले नेत्र विक्रम बिमली (हल्दीबारी)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा अभिषेक धमला (बाह्रदशी), महासचिवमा हैकम घिसिङ (हल्दिबारी), सचिवमा मनोज तिवारी (बाह्रदशी), कोषाध्यक्षमा शान्ता सिवाकोटी (हल्दिबारी)
त्यसैगरी सदस्यहरु जनक राजवंशी (हल्दिबारी), टिकाराम बास्तोला (हल्दिबारी), राजेश आचार्य (बाह्रदशी), असफाक आलम (बाह्रदशी) रहेका छन्।

त्यसैगरी सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी (प्रदेशी), सुरेन्द्र भण्डारी र याम दंगाल रहेका छन्। त्यस्तै लेखा समितिमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनाली लाई चयन गरिएको छ।