Advertisement

हल्दिबारी गाउँपालिकाको हल्दिबारी आधारभूत अस्पतालमा १२ घण्टा स्वास्थ्य सेवा सुचारु हुने भएको छ।
गाउँपालीका को २०८० पौष १३ गतेको कार्यपालिकाको निर्णय अनुसार पौष १७ गतेबाट लागु हुनेगरी बिहान ७ बजेबाट बेलुका ७ बजेसम्म अस्पताल संचालन हुनेछ भने सार्वजनिक बिदाको दिनमा पनि आकस्मिक सेवा संचालन हुनेछ।


सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा लिन सहज होस् भनेर १२ घण्टे सेवा सुचारु गर्न लागिएको गाँउपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताए।

१५ शैयाको हल्दिबारी आधारभूत अस्पतालमा आकस्मिक सेवा, ओपिडी,प्याथोलोजी सेवा उपलब्ध छ भने हप्तामा १ दिन भिडियो एक्सरे सेवा पनि सुचारु रहेको छ । यस अस्पतालमा स्थापनाकालदेखि नै नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लागु रहेको छ।

Advertisement