प्रवर्द्धन, सहकार्य र बजारीकरण बिषयक बिचार गोष्ठी रुपन्देहीको बुटवलमा एकदिने मातृभाषाको चलचित्र निर्माण, प्रवर्द्धन, सहकार्य र बजारीकरण र सम्मान बिषयक बिचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षतामा भएको कार्यक्रममा मगर, गुरुङ, थारु चलचित्रकर्मी तथा वुद्धिजिवीहरुको सहभागिता रहेको थियो । संयोजक ज्योतीराज राईले चलचित्र निर्माण गर्नु भन्दा अगाडी चलचित्र निर्माण गर्ने बिषय बस्तुमाथी निकै मेहनत गरेर गम्भीर भएर अध्ययन अनुसन्धान गर्नु पर्ने बताएकाछन । शनिबार बुटवलमा मातृभाषी चलचित्र प्रवर्धन समिति आदिवासी र जनजाती चलचित्र महासंघको आयोजना, चलचित्र बिकास बोर्डको सहयोग र मगर चलचित्रकर्मी संघ रुपन्देहीको सह आयोजनामा सम्पन्न मातृभाषी चलचित्रको निर्माण प्रवर्धन बजारीकरण बिषयक अन्तर्कृया कार्यक्रममा राईले यस्तो बताएका हुन । चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजक राईले आदिवासी र जनजाती चलचित्रको प्रवर्द्दनको लागी समिती गठन भैसकेकोले अबका दिन हरुमा आदिवासी जनजाती चलचित्रहरुको प्रवर्द्दन र बजारीकरण सहज हुने दावी गरे । अब आदिवासी जनजाती चलचित्रहरु फेस्टिवल र च्यारिटीमा मात्र सिमित नभएर अन्य चलचित्रहरु सँगपनी प्रतिस्पर्धामा जाने भएका ले चलचित्र निर्माण गर्दा आदिवासी जनजातीहरुको भावनामा ठेस लाग्ने,उनिहरुको भाषा कला,साहित्य र संस्कृतिमा आच आउने कुरामा ध्यान दिन जोड दिए । चलचित्र मार्फत अब आउने नयाँ पुस्तालाई हाम्रो संस्कृति हरु सिकाउने भएकाले पनि चलचित्र निर्माण गर्दा गम्भीर हुनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु नेपालका मुलवासी भएकाले हाम्रो भाषानै नेपालको मुल भाषा भएकाले मुल भाषामा बनेका चलचित्रहरुलाई विश्व बजारमा पुर्याउने काम महासंघको भएको जिकिर गरे । चलचित्र मार्फत आदिवासीहरु आफ्नो भाषा, कला संस्कृति र परम्पराको संरक्षण गर्ने लागी परेको देखेर सरकार पक्षका ढोङगीहरु अत्तालिन थालेको आरोप समेत लगाए । कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवर्द्दनमा बिशेष योगदान पुर्याउने मेजन पुन मगर , धनबहादुर गुरुङ र छबिलाल(कोपिला) चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रमका अर्का वक्त्ता कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातीहरुको भाषा संस्कृति लाई दमन गरेकै कारण आदीवासीहरुको कथामा निर्माण गरिएको चलचित्रहरुले बजार पाउन नसकेको बताए । अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले आदिवासी चलचित्रहरु सिमीत समुदायमा मात्र नभई देशब्यापी रुपमा बजारिकरण हुनुपर्ने बताए ।आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईको अध्यक्षतामा भएको कार्यक्रममा मगर, गुरुङ, थारु चलचित्रकर्मी तथा वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्