बिर्तामोड झापा / झापाको बाह्रदशी गाउपालिका राजगढ देखि घेराबारी सम्मको रणनीतिक सडक आज असार ६ गते कालोपत्रे सम्पन्न भएको छ !

सरकारले आर्थिक वर्ष २०७६र७७ र २०७७र७८ बाट आफ्ना नीति, बजेट र कार्यक्रममा एउटा निर्वाचन क्षेत्रमा रणनीतिक सडक आवश्यक रहेको भन्दै प्रत्येक वर्ष घोषणा गर्दै आएको छ ! सोहि कार्यक्रम अनुसार झापा क्षेत्र नम्बर ३ का माननीय संसद राजेद्र प्रसाद लिङ्देनले बाह्रदशी देखि घेराबारी सम्मको अधुरो सडक छानेका थिए !

छानिएका १ सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक मध्ये झापा क्षेत्र नम्बर ३ बाट छानिएको राजगढ देखि घेराबारी सम्मको रणनीतिक सडक आज कालोपत्रे सम्पन्न भएको हो ! अनेक अप्ठ्याराका बावजुद देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका सबै रणनीतिक सडकहरूमध्ये राजगढ घेराबारी पहिलो कालोपत्र गर्ने कार्य सम्पन्न भएको झापा क्षेत्र नम्बर ३ का माननीय संसद राजेद्र प्रसाद लिङ्देनले बताउनु भएको छ !


आजबाट दक्षिणी भारतीय सीमाबाट महेन्द्र राजमार्गसम्म सोझै कालोपत्रे सडकले जोड्ने काम सम्पन्न भएको हो ! बिर्तामोड झापा डटकम संग कुराकानी गर्दै संसद लिङ्देनले भन्नु भयो “अपेक्षाभन्दा छिटै कालोपत्रे सडकको उपयोग गर्न पाएको र यस कार्यका लागि निर्माण व्यवसायी सडक डिभिजन,सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्दछु !”