राष्ट्रिय युवा संघ नेपाल, क्षेत्र न.५ अन्तर्गत मा पर्ने ४ वटै पालीका का २९ वटै वडाका अगुवा युवा साथै पदाधिकारीहरू संग बसी बैठक सम्पन्न भएको छ। संगठनका केन्द्रिय अध्यक्ष महाराज गुरुङ, महासचिव महेश चौलागाईं तथा उपमहासचिव उपेन्द्र शाही झापा ईन्चाज खगेन्द्र राज आङदेम्बेको चुनाव केन्द्रित विशेष निर्देशनमा उक्त बैठक सम्पन्न भएको हो।

बैठकमा संगठन सुदृढीकरण, वडास्तरमा संगठन विस्तार, युवाहरूलाई संगठित गर्दै सकारात्मक र रचनात्मक गतिविधिमा जोड दिने विषयमा व्यापक छलफल गरिएको थियो। अध्यक्ष गुरुङले संगठनलाई अनुशासित, सक्रिय र जनमुखी बनाउँदै अगाडि बढ्न सबै पदाधिकारीहरूलाई आह्वान गर्नुभयो।

त्यसैगरी महासचिव कमरेड महेश चौलागाईं र उपमहासचिव उपेन्द्र शाहीले संगठनात्मक एकता मजबुत बनाउँदै नियमित बैठक र योजनाबद्ध कार्यक्रममार्फत दमक नगरमा राष्ट्रिय युवा संघ नेपालको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।

संयुक्त बैठकले संगठनलाई थप सशक्त बनाउँदै सामाजिक परिवर्तन र राष्ट्र निर्माणमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।