Advertisement

टीकाराम बास्तोला

बाह्रदशी /झापाको बाह्रदशी गाउँपालिका भित्रको १६ ओटा सामुदायिक विद्यालय मध्ये पशुपति मा.वि आफ्नो छुट्टै पहिचान बोकेको विद्यालयको रुपमा चिनिएको छ।

बाह्रदशी -३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयल सामुदायिक विद्यालयको भीडमा कम्प्युट  इन्जिनियरिङ(टेक्निकल) विद्यालयको रुपमा चिनिएको हो । यस विद्यालयमा कम्प्युटर इन्जिनियरिङका ९ देखि १२ सम्म का कक्षाहरु संचालन छन्।

उक्त विद्यालय बाट कम्प्युटर इन्जिनियरिङ तर्फका  कक्षा १२ को एक ब्याज सम्मेत निकाली सकेको प्रधानाध्यपक थीर कुमार दाहालले जानकारी दिनु भएको छ ।वि. सं. २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७६ साल देखि कक्षा ९ वाट १२  कक्षा सम्मका विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङ विषय पठन पाठन गराउन सुरु गरिएको थियो । कक्षा ६ देखि नेपाली र अंग्रेजी माध्यमबाट पढाउँदै आएको पशुपतिमा  इन्जीनियरिङ तर्फ  कम्प्युटर प्रोग्रामिङ, वेब डेभलोप्मेन्ट, कम्प्युटर  एप्लिकेसन एण्ड सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर नेटवर्क, कम्प्युटर रिपेयर लगायतका १६ वटा विषयहरु पढाइ हुने प्रधानध्यापक दाहालले बताउनु भयो।यस विद्यालयमा अध्ययन पस्चात  विद्यार्थीहरुले विभिन्न क्षेत्रमा रोजगारीको अवसर प्राप्त गर्नुको साथै प्रविधि संग सम्बन्धित आफ्नै व्यवसाय गर्न सक्ने प्रशिक्षक विश्ववास निरौलाको भनाइ छ। 

Advertisement

 नेपाल सरकारले एक पालिका एक प्राविधिक विद्यालय संचालन गर्ने उदेश्यले शिक्षा विभागबाट मान्यता प्राप्त पशुपति मावि कम्प्युटर टेक्निकल विद्यालय गाउँपालिका भित्रै एउटै मात्र रहेको प्रधानाध्यापक दाहाललेे जानकारी दिनु भएको छ। विद्यार्थीहरुलाई इन्जीनिरीङ पढ्नका लागि टाढा जानु पर्ने बाध्यता थियो। तर अहिले आफ्नै  गाउँमा रहेको विद्यालयमा कम्प्युटर इन्जीनिरीङ विषय पढाउन पाउँदा गौरव लागेको दाहालको भनाइ छ।

अन्य विद्यालयभन्दा यस विद्यालयबाट नयाँपनको महसुस अभिभावक, बाह्रदशीवाशीले गर्नु आफै राम्रो पक्ष हो ।विद्यालय र विद्यालयको जिम्मेवारी वहन गरेको प्रधानाध्यापक लगायतले गरेको कायमको मूल्याङकन गरी बाह्रदशी गाउँपालिकाले छुट्टै बजेटमै प्रोत्साहन रकमको व्यवस्था गर्नुपर्ने प्रधानाध्यापक दाहालको सुझाव छ । यो विद्यालय प्राविधिक धारको भएकोले अभिभावक र अन्यले बुझ्न नसकेको उहाँको  भनाइ छ । 

Advertisement

कम्प्युटर इन्जीनियरीङ विषय पढेका विद्यार्थीहरुले रोजगारी पाएको, बुझेका अभिभावकहरुले बेरोजगारलाई रोजगारी दिने विषय भएको भन्दै तारिफ गर्ने गरेको प्रधानाध्यापक दाहालले बताउनु भयो।

कम्प्युटर इन्जीनियरीङ प्राविधिक विषय भएकोले कक्षा ९ देखि कक्षा ११ या १२ सम्म पढेका विद्यार्थीले अहिलेको कम्प्युटरको युग भएकोले स्वेदश तथा विदेशमा सरकारी या निजी कम्पनीमा काम गरी खाने, जागिर पाउने शिक्षा रहेको कम्प्युटर प्रशिक्षक विश्वास निरौलाले बताउनु भयो।

यो शिक्षा आर्जन गरेको विद्यार्थीहरुले प्रमाण पत्र झोलामा बोकेर भौतारिनु नपर्ने र जतासुकै रोजगारीको अवसर सजिलै पाइने प्रधानाध्यापक कुमार दाहालको भनाइ छ । विद्यार्थीलाई कम्प्युटर इन्जिनियरिङ विषयको अध्ययन गराउदा सैद्धान्तिक विषयसँगै प्रयोगात्मक विषय पनि सहज रुपमा सिकाउने गरेको प्रशिक्षक विश्वास निरौलाको भनाइ रहेको छ । 

सुरुमा त्यसको आधारभूत जानकारी दिन सैद्धान्तिक विषयमा जानकारी दिएर व्यवहारिक सिकाईलाई विशेष प्राथमिकता दिएर सबै विद्यार्थीलाई सिकाउने गरेको उहाँले बताउनु भयो।

विद्यालयमा छुटाछुटै कम्प्युटर ल्याव,कम्युटर  रिपेयर ल्याव, कम्युटर नेटवर्क ल्याव,  इलोक्ट्रोनिक ल्याब, फिजीकस ल्याब (भौतिक शास्त्र) र केमिस्ट्री (रसायन शास्त्र) को ल्याब रहेको छ । विद्यालयले कम्प्युटर टेक्निकल स्कूलको रुपमा आफूलाई अग्रपत्तिमा परिचित गरौदै गैरहेको छ। कक्षा ११ र १२ को प्रशासनिक कामका लागि विगतको जिल्ला शिक्षा कार्यालय अहिलेको शिक्षा विकास तथा  समन्वय इकाई झापा धाउनु पर्ने स्थितिको अन्त्य गरी पालिकाबाट नै सेवा उपलब्ध गराउनु पर्ने दाहालको भनाइ छ । 

सोही विद्यालयको कम्प्युटर इन्जीनियरिङ विषय अध्ययन गरी अहिले छ महिने ओजेटी तालिम विद्यार्थीले लिदै गरेको प्रशिक्षक विश्वास निरौलाले जानकारी दिनु भयो।

प्राविधिक धारको कम्प्युटर इन्जीनियरिङ अध्ययन गर्ने विद्यार्थीहरु कक्षा नौ मा ३२ जना,कक्षा १० मा ४० जना, कक्षा ११ मा ३५ जना  र  १२ मा १६ जना गरी जम्मा एक सय २३ जना रहेका छन् । प्रत्येक शुक्रवार विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलाप गराई रहेको विद्यालयले जनाएको छ।