भद्रपुर, झापा — नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, इकाई समिति भद्रपुर झापाको ११औँ अधिवेशनमा श्री पानीलाल राजवंशी सहसचिव पदका लागि उम्मेदवार बन्नुभएको छ।

लामो समयदेखि लेखापढी तथा कानुनी व्यवसायमा सक्रिय रहँदै आउनु भएका श्री राजवंशी इमानदार, अनुभवी र पेशाप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको उम्मेदवारीले संस्थाको संगठनात्मक विकास तथा व्यवसायीहरूको हक–हित संरक्षणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

आगामी अधिवेशनमा मताधिकार प्राप्त सम्पूर्ण सदस्यहरूलाई श्री पानीलाल राजवंशीलाई आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक मतका साथ विजयी गराइदिनुहुन सम्बन्धित पक्षले आग्रह गरेको छ।