भद्रपुरमा लेखापढी कानुन व्यवसायी एसोसिएसनको ११औँ अधिवेशन, सुरज निरौलाको उम्मेदवारी

भद्रपुर, झापानेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, इकाई समिति भद्रपुर, झापाको ११औँ अधिवेशननजिकिँदै गर्दा कार्यसमिति सदस्य पदका लागि सुरज निरौलाले उम्मेदवारी घोषणा गरेका छन्।

पेशागत हकहितको संरक्षण, सेवामा पारदर्शिता कायम गर्ने तथा संस्थालाई थप सुदृढ व्यवस्थित बनाउनेउद्देश्यसहित उम्मेदवारी दिएका निरौला पेशाप्रति प्रतिबद्ध, कर्मशील अनुभवी व्यक्ति मानिन्छन्। उनले लेखापढीकानुन व्यवसायीहरूको समस्या समाधान, संस्थागत सुधार सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गर्नेप्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार निरौलाले अधिवेशनमा सहभागी सम्पूर्ण मतदातालाई आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक मतसहितविजयी गराइदिन आग्रह गरेका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यसप्रति सदस्यहरूको चासोबढ्दै गएको छ।