सुरक्षामा प्रविधिको सहारा: इलाममा २१ स्थानमा CCTV जडान
२०८२ जेष्ठ २७, मंगलवार २१:५० गते
इलाम, २०८२ जेठ २७ — इलाम जिल्लाको माई नगरपालिकाको पूर्ण सहयोग तथा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा लोदिया दानाबारी प्रहरी चौकीको निगरानी क्षेत्रभित्र पर्ने विभिन्न २१ स्थानमा नयाँ सिसीटिभी क्यामरा जडान गरिएको छ।
आज दिउँसो ३ बजेबाट सञ्चालित यो प्रणाली अन्तर्गत माई नगरपालिका–२ सितली, वडा नं. ४ को शुक्रबारे बजार क्षेत्र, प्रमुख सडक खण्डहरू, प्रहरी चौकी परिसर तथा हिरासत कक्षमा सम्भावित घटना र आपराधिक क्रियाकलापको निगरानी र नियन्त्रणका लागि कुल २१ वटा सिसीटिभी क्यामरा जडान गरिएको हो।
यी सबै क्यामराहरूको प्रत्यक्ष निगरानी लोदिया दानाबारी प्रहरी चौकीबाट गरिनेछ। यस प्रविधि विस्तारबाट सुरक्षा व्यवस्था थप सुदृढ हुने र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरी स्रोतका अनुसार, डिजिटल निगरानी प्रणालीमार्फत घटना पहिचान, अनुसन्धान र अपराध निवारणमा ठोस सुधार आउनेछ।
प्रतिक्रिया दिनुहोस्